Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काभा पुरुष भलिबल: नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ ।

आजको खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यसअघि नेपाल र श्रीलंकाले पहिलो खेलमा जित निकालेका छन् । नेपालले बंगलादेशलाई हराउँदा श्रीलंकाले साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग, २६ गते साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

६ टोलीको सहभागि च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।