Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इजरायलमा १० नेपालीको मृत्युः सरकारले दियो मंगलबार शोक बिदा

मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिइने

इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ। आज सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार शोक बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए। उनकाअनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ। स्वदेश आउन चाहने सबैलाई उद्धार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ,’ उनले भने।

साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको श्रेष्ठले जानकारी दिए।