Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

पूर्णरुपमा घर क्षति भएका भूकम्पपीडितलाई सरकारले ५० हजार राहत दिने (तस्वीरहरु)

भूकम्पमा परी मृत्यु भएकाको परिवारलाई दुई लाख सहयोग गरिने

बझाङ भूकम्प प्रभावितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँ सहयोग दिने भएको छ । आज शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो घोषणा गरेका हुन् । भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरी सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी काम अगाडि बढाइने बताएका छन् ।

Bajhanj-bhukampa-1-scaled.webp

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए । उनले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जनाए । यो भूकम्पमा परी मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ सहयोग गरिने उनले बताए । बझाङ भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

Bajhanj-bhukampa-2-scaled.webp

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरूको दीर्घकालिन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने उनले बताए ।