Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रधानमन्त्री प्रचण्ड आज बझाङ जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न जाँदै छन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।

प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।

बझाङमा मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । त्यसपछि पनि पटक पटक पराकम्पन गैरहेकाे छ ।