Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गौशालामा गोली चल्दा एकजना घाइते

काठमाडौंको गौशालास्थित शारदा माविनजिक सोमबार गोली चलाइएको छ ।

एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुलनजिक रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले आक्रमण गरेका हुन् । उनी घाइते भएका छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको छ । उनीमाथि सोही पेस्तोलबाट आक्रमण गरिएको प्रहरीको आशंका छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।