Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति बजारमा

सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । आज एक कार्यक्रमको आयोजना गरी पौडेलका दुई कृति ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य सार्बजनिक भएको हो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो । जसमा अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन्।

‘बसन्त’का यसअघि ३ वटा कविता सङ्ग्रह प्रकाशन भइसकेका छन् । ती मध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्यसामग्रीका रुपमा रहेका छन्।

त्यस्तै, ‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेखेको छ। यी दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो ।