Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकी राष्ट्रपतिको कुकुरले फेरि मान्छे टोक्यो

अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड जातको कुकुरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ । कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो । गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको खोजिभइरहेको बताएका थिए । यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।