Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवेको फिनाले २३ गते

मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फाइनलको तयारी पूरा भएको छ ।

फाइनलमा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिने छन् । आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहका अनुसार कार्यक्रमको फाइनल आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदैछ । 

यस प्रतियोगिता २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुति दिन जाने अवसर पाउने शाह स्टुडियो एन्ड कम्पनीका सिइओ शाहले जानकारी दिए ।