Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको अन्त्येष्टि

इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको अन्त्येष्टि गरिएको छ । इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरिएको हो । मंगलबार देशको संसद्‌मा विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो । मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहेका नेपोलिटानोको शुक्रबार ९८ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनमा इटालीले मंगलबार राष्ट्रिय शोक मनाएको थियो । सरकारी भवन र विदेशमा रहेका इटालियन दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । उनको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रूपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो । स्व। नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरूले समवेदना दिएका थिए ।