Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लिबियामा बाढी: ३८ हजार ६४० विस्थापित

भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन् । बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको छ । खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ । प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको छ । बाढीले अहिलेसम्म ५ हजार ५०० जनाको मृत्यु भइसकेको छ । १० हजार मानिस बेपत्ता भएको बताइएको छ ।