Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा मोतीराम भट्ट जयन्ती सम्पन्न

सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा मोतीराम भट्ट जयन्ती सम्पन्न भएको छ । आज आइतबार पाक्किम स्थित याकतेन जिपियुको सभाहलमा सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा मोतीराम भट्ट जयन्ती सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्री चुनिलाल घिमिरे र सभाध्यक्षका रुपमा श्री कमल काफ्ले थिए । कार्यक्रममा प्रमुख अतिथिले वाचन गरिएका गजल लगायत सिक्किमेली गजलको सञ्चयन संग्रह तयार गरे आफूले प्रकाशन गरिदिने प्रतिबद्धता जाहेर गरे। साथै आगामी कार्यक्रममा गजल मञ्चले गजल गायनलाई पनि समावेश गरे राम्रो हुने विचार व्यक्त गरे भने गजल रेकर्ड गरेको खण्डमा कुनै दुइटा गजलको म्यूजिक भिडियो निर्माण गरिदिने पनि प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा पवन बाहुनले स्वगत सम्बोधन राखेका थिए भने मोहन गौतामले धन्यवाद ज्ञापन गरेका थिए। सयैगरी भोला विद्रोहीले मोतीराम भट्टकोजीवनी माथि प्रकाश पारेका थिए। गजल मञ्चका अध्यक्ष होमनाथ मिश्रले संस्थाको गतिविधिका बारेमा प्रकाश पारे भने डिल्लिप्रसाद अधिकारीले सिक्किममा गजलको अवस्थाका बारेमा समालोचनात्मक मन्तब्य दिएका थिए। साभा अध्यक्ष कमल काफ्लेले आगामी दिनमा कार्यक्रम गर्दा आवस्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउदै गजलगोहरुमा अझ अघि बढ्न शुभकामना साथै हौसला प्रदान गरे। कार्यक्रममा मोहन गौतम,नीलकमल दाहाल,जीवन छेत्री ,बिष्णु केशी,प्रितम दुलाल,किरण मुखिया, भोला विद्रोही, जीविका अश्रु, प्रेम नेउपाने, ज्ञानेन्द्र अधिकारी, रुपनारायण तिम्सिना, आनन्द क्षेत्रीले आफ्ना आफ्ना गजल वाचन गरे। भने पवन बाहुन र रामप्रसाद अधिकारीले कविता वाचन गरेका थिए। आजको उक्त कार्यक्रम सिक्किम गजल मञ्चकी परिकल्पनाकार तथा संस्थापक अध्यक्ष जीविका अश्रुले सञ्चालन गरेकी थिइन् भने पवन बाहुनले कार्यक्रम संयोजक गरेका थिए।