Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

ट्राफिक प्रहरीको कडाइ : २४ घण्टामा १,२४५ चालक कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, यन्त्रिक कारबाहीमा ३०, रातोबत्तीमा ४२ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २८, लेन क्रसमा १९, अवस्था ठिक नभएको ४२, एकतर्फीमा ४२ र अन्यमा ९३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।