Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सुन नयाँ उचाइमा, चाँदी पनि महँगियो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १६ सयले बढेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर  तोलाको ४४१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४३५० मा कारोबार भएको थियो ।