पहिरोले पोखराको सेती नदी थुनिएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोले उक्त नदी थुनिएको हो ।
पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको छ ।
उक्त ठाउँमा पहिरो खसेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।
पहिरोले थुनिएभन्दा माथिल्लो भागमा भने पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन् ।