राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि उनीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् ।
झाले राज्यको दायित्व नागरिकको चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप त्रास र आतङ्कित बनाउने काम गर्न नहुने बताएका छन् ।
उनले यस्तो 'बचपना' देखाएर मुलुक सञ्चालन हुन नसक्ने टिप्पणी गर्दै, यस्तै स्तरहीन र गलत अभ्यासका लागि जनताले बलिदान नदिएको उल्लेख गरेका छन् । यस्ता गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको उनको भनाइ छ । उनले भनेका छन्- 'यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।'