Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सुनसँगै चाँदी पनि महँगियो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५  रुपैयाँले बढेर तोलाको ४४१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३६० मा कारोबार भएको थियो ।