नेकपा एमालेकी नेतृ पदमा अर्यालले रास्वपा वाशिङ मेशिन भएको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद अर्यालले अख्तियार हुदा हुदै आयोग गठन गरेर सम्पत्ति छानविनबाट बहालवाला मन्त्रीहरुलाई बाहिर राखिएको भन्दै रास्वपा वाशिङ मेशिन हो भन्दै प्रश्न गरेकी हुन् ।
उनले सरकारले सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण काम गरेर राजनीतिक दलहरुलाई कमजोर बनाउन लागिरहेको आरोप लगाउदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्रीहरुलाई थुनेको विषयलाई सरकारले आफ्नो उपलब्धि ठानेको उल्लेख गरेकी छन् ।
आर्यालले अख्तियार हुदा हुदै सम्पत्ति छानबिन आयोग गठन गरेको भन्दै बहालवाला मन्त्रीहरुलाई छानबिनको दायराबाट बाहिर राखेकोबाट यसको नियत प्रष्ट भएको उल्लेख गरिन ।
त्यस्तै जान्नेलाई छान्ने भन्ने रास्वपाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडेकालाई नियुक्ति दिइरहेको आरोप लगाउदै रास्वपा सरकार सय दिनमा जनतासँग गरेका बाचामा चुकेको दाबि गरिन् ।