Jul 08 2026

Jul 08 2026 | बुधवार, आषाढ २४ गते २०८३

राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

प्रतिनिधि सभामा एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट  हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्देशन दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा राईले सभामुखले ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेको अभिव्यक्ति अर्यालले हटाउन निर्देशन दिएका हुन् । 

आजको पहिलो बैठकमा सभामुखले सांसद राईलाई बोल्न रोकेका थिए । विवादपछि बोलेका राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए । सोही कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

त्यसपछि बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा राईले आफ्ना कुरा राख्दै आफ्ना कुरा पुरा नसुनेर सभामुखले माइक काटेको आरोप लगाए । राईले आफ्ना कुरा राखेपछि सभामुखले आजको पहिलो बैठकमा राईले प्रयोग गरेको सम्पूर्ण शब्द हटाउन निर्देशन दिएका थिए ।