नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनिका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभर र सानीगाड हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी थ्री स्टार हाइड्रोको शेयर १३.७९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल इन्भेस्टमेन्ट डिभेन्चरको ५३ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार भएको छ ।