Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

कांग्रेसले आज सरकारका १०० दिनको समीक्षा गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिने गतिविधिबारे आज समीक्षा गर्ने भएको छ। '१०० बुँदे कार्ययोजना र सरकारका १०० दिन' बारे कांग्रेसले समीक्षा गर्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सरकारका कामबारे समीक्षा हुनेछ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको विभिन्न समितिहरूले सरकारका कामकारबाहीबारे समीक्षा गर्न लागेका हुन्।

कांग्रेसको अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलका अनुसार सरकारका १०० दिने कामकारबाहीबारे समीक्षालगायत कार्यक्रम रहेको छ ।