Jul 03 2026

Jul 03 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

बैतडी बस दुर्घटना अपडेट : चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बैतडीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बैतडीको पाटन नगरपालिकास्थित गैराखानमा शुक्रबार यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

उक्त बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो करिब ३ बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।