सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा इकाइ सञ्चालनमा आएको हो।
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ संचालनमा ल्याइएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।