Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ

नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ परेका छन् । ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई विहिबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आज साँझ करिब ६ बजे जिल्लामहोत्तरीको गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको हो ।

२०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।