Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

मन्त्रिपरिषद्को बैठकले के-के निर्णय गर्‍यो ?

सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । 

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णयसहित विभिन्न निर्णय गरेको छ ।

त्यस्तै अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक स‌ंघीय संसदमा पेस गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली) लाई नियुक्ति र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने निर्णय गरको छ ।

त्यसैगरी राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने, राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने र कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।