नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा भएको छ।
सरकार प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आठ जना एआइजीको सरूवा गर्ने निर्णय गरेको हो ।
यद्यपि उनले कसको कहाँ सरूवा हुने भन्ने खुलाएका छैनन्।