प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ ।
विहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारित गर्न प्रस्तुत गरेको सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो ।
यसअघि अर्थमन्त्री वाग्लेले विधेयकको संशोधनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै नेपाललाई ग्रे लिष्टबाट छिटो भन्दा छिटो बाहिर निकाल्न यस विधेयकमा हतारमा संशोधन गर्नुपरेको बताएका थिए ।