मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन् ।
भीमदत्त नगरपालिका-४ महेन्द्र बजारस्थित गल्ली नम्बर ५ बाट पार्किङ गरी राखेको बा.प्र.३-०२-०१४ प ८४३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ जानकी टोलबाट चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।