रुपन्देहीको कोटहीमाई- ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई- २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् । निजले चलाएको युपी ५३ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो । बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रहेको छ भने अनुमानित ८० हजार मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार बराबरको सामान बरामद गरिएको छ ।
प्रहरीले आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।