नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू १९ महिला प्रिमियर कपका लागि सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
क्यानले सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा शाह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।
जुलाई ११ देखि हुने प्रतियोगितामा नेपालको समुहमा कतार, हङकङ र सिंगापुर रहेका छन् ।