राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए । त्यस्तै उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भए भने महिलातर्फ सोबिता गौतम विजयी भएकी छन् ।
त्यस्तै महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । अब सभापति लामिछानेले विधानको व्यवस्था अनुसार एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।
त्यस्तै महाधिवेशनले ९९ केन्द्रीय सदस्य समेत निर्वाचित गरेको छ । १५८ सदस्यीय केन्द्रीय समितिमा लामिछानेले अब ५१ सदस्य मनोनित गर्ने छन् । त्यसैगरी विधानको व्यवस्था अनुसार वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुनेछन् ।