Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपाको महामन्त्रीमा विपिन आचार्य विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् ।

महामन्त्री पदमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यस्तै रास्वपाको महिला तर्फको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।