प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ।
यसअघि उक्त बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश त्यस समयमा बैठक बस्न नसक्ने भएपछि आइतबारका लागि सारिएको हो।
यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए।
तर, शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम हुने भएकोले बैठक आइतबारका लागि सािरएको हो।