Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

सडक आन्दोलनलाई सशक्त बनाउन एमालेसँगको सहकार्य फेरि अगाडि बढ्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँगको सहकार्य पुनः अगाडि बढ्ने बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्ने बताएका हुन्।

‘अहिलेको परिस्थितिमा संसद्‌मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,' उनले भने।

तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण भने बनिसकेको र यो कुरा छलफलबाट निष्कर्षमा पुगेको उनको भनाइ छ। ​

उनले यसलाई आफ्नो जीवनको 'अन्तिम क्रमभङ्ग' भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए।

​सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेका थिए।

रास्वपा सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको समेत बताएका छन् ।