Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महामन्त्रीका आकांक्षी गणेश कार्की भन्छन्- निर्णय प्रतिनिधिको मतबाट हुनुपर्छ

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका आकांक्षीहरूले धमाधम उम्मेदवारी फिर्ता लिने र समर्थन गर्ने क्रम चलिरहँदा उम्मेदवार गणेश कार्कीले प्रतिनिधिलाई आफ्नो मत अधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

कार्कीले सर्वसम्मतिको नाममा कसैलाई उम्मेदवारी फिर्ता गर्न लगाउने, समर्थन गरेको भन्दै प्रचार गर्नेतिर लगानी प्रतिनिधिलाई आफ्नो मत अधिकार प्रयोग गर्न दिनुपर्ने बताएका हुन् ।

सर्वसम्मतको प्रयास र कसैलाई अघि सार्दै उम्मेदवारी फिर्ता क्रम चलिरहेका बेला उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्कीले भने, ‘प्रतिनिधिको मतबाट टुंगो लाग्नुपर्छ, कोठाबाट होइन ।’

उनले प्रतिनिधिले आफ्नो विवेश प्रयोग गर्ने भएकाले उनीहरूकै मतबाट परीक्षण हुने तर बन्द कोठाबाट हुन सक्ने बताएका हुन् ।