राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता मनिष झाले आफूले सबैभन्दा पहिले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको र आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले कसैको फोन आएकै भरमा आफूले उम्मेदवारी फिर्ता नलिने पनि बताएका हुन् ।
झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस्।’
अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको र निर्वाचन परिणाम आफ्नो पक्षमा आउने पनि उनले बताए ।