Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

वरिष्ठ नेता पदमा चुनाव नहुने, बालेनलाई नै निरन्तरता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको 'वरिष्ठ नेता' पदमा चुनाव भने नहुने भएको छ।

उक्त पदमा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिएका हुन्।

फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाहलाई पार्टीमा समाहित गर्न उक्त पद सिर्जना गरिएको थियो।