राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर काठमाडौं जिल्ला अदालतले पनि फिर्ता गरेको छ ।
शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने अनुमति दिएको हो ।
लामिछानेविरुद्धको सहकारी ठगीको मुद्धा भने कायमनै रहेको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग संशोधनका लागि अदालतमा दिएको निवेदनमा यस्तो आदेश आएको हो ।
यसअघि लामिछानेविरूद्ध कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालतबाट पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भएको छ ।