Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापतिमा निर्वाचित

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । 

नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले बताए ।