Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । 

अख्तियारले अर्याललाई सोमबार साँझ काठमाडौं विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

राहदानी खरिदमा अनियमितता आरोपमा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।