Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुन एकैदिन तोलाको १० हजारले घट्यो, चाँदीमा पनि गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।