धादिङको गल्छी गाउँपालिका–०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको सानो गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै सवारी साधनमा सवार ७ जना घाइते भएका छन् । घाइतेहरूको बैरेनी अस्पताल र स्मारिका मेडिकल हल, गल्छीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि दुवै सवारी साधन र सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।