Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजारघुससहित पक्राउ गरेको हो ।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।