Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गोरुमाथि निर्दयी व्यवहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ

गोरुमाथि निर्दयी व्यवहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ परेका छन् ।

प्युठानको गौमुखी- १ बस्ने ३६ वर्षीय जालिराम थापाले आफ्नै खेतबारीमा खेत जोत्नेक्रममा गोरु हिड्न नसकेपछि बसेको उक्त गोरुको नाक मुख माटो गाडी कुटी, गोरु माथि निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिमको कसुरमा मुद्धा दर्ता गरि पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।