Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीको आदेशमा अधिकारीलाई पुर्पक्षका लागि कारगार चलान गरिएको हो ।

थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार अदालत उपस्थित गराएको थियो । उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ । 

कुमार चिमोरियाको जाहेरीपछि प्रहरीले अधिकारीविरुद्ध रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।