Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राजेन्द्र लिङ्देनलाई ठूलो धक्का, एकैपटक धवलशमशेरसहित १८३ जनाले छोडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले सामुहिक रूपमा पार्टी छोडेका छन् ।

बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर, पार्टी नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा पूर्वमन्त्री तथा नेता डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, प्रवक्ता सगुन सुन्दर लावती लगायतका नेता छन्।

पार्टी परित्याग गर्नेको सूची–

1-1.jpg
2-1.jpg
image-11.png
3-1.jpg
4-1.jpg