नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ ।
यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५% सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नेछन् । यी अफरहरुका माध्यमबाट उपभोक्ताको मध्य–वर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार योजना अवधिभर, ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नु हुनेछन् । जस अन्तर्गत, प्लेटिनम ब्राण्ड पार्टनरहरु भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनासाका तर्फबाट १५% सम्म छुट, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्ड हाउस, न्यूलाईट सीओएसआरएक्सका तर्फबाट ७०% सम्म छुट उपलब्ध हुनेछ । साथै, सिल्भर ब्राण्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५% सम्म छुट सहितका अफरहरु पनि उपलब्ध हुनेछ ।
योजना अवधिभर ग्राहकहरूले ब्राण्ड रश आवर अफरहरूको पनि लाभ लिन सक्नेछन् । ब्राड रश आवर अफरहरु अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन् । यो विशेष अफर जुन ५को बेलुकी ८ बजेदेखि जुन ६को बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्य रातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूलाई बचतको बृहत्त अवसर प्रदान गर्ने उद्देश्यका साथ दराजले नबिल बैंकसँग सहकार्य गरेको छ । यस सहकार्यले ग्राहकहकहरुलाई न्यूनतम रु. १,४९९ को खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५% छुट (अधिकतम रु. ७५०) तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १०% छुट (अधिकतम रु. ५००) प्राप्त गर्न सक्नु हुनेछन् ।
त्यसैगरी, ईसेवा तथा खल्ती बाई आईएमईका प्रयोगकर्ताहरूले ब्राण्ड रश आवर अवधिमा १२% छुट (अधिकतम रु. २००) तथा नियमित किनमेल अवधिमा १०% छुट (अधिकतम रु. १५०) प्राप्त गर्न सक्नु हुनेछन् ।
जति धेरै किनमेल्, त्यति नै ठूलो उपहार :
यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराज नेपालले ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ । उपहारहरूको मुख्य आकर्षणका रुपमा हाइसेन्सको सहकार्यमा ल्याइएको मेगा गिभअवे रहेको छ ।
यस अन्तर्गत करिब रु. १,६५,००० मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्यूलेड भिडा टीभी एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । उत्कृष्ट दृष्य गुणस्तर र स्मार्ट मनोरञ्जन सुविधाले भरिपूर्ण यो प्रिमियम टेलिभिजन अभियानको मुख्य पुरस्कारको रूपमा प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
त्यसैगरी, “बाई एण्ड विन” योजनाअन्तर्गत ग्राहकहरूले निम्न लिखित आकर्षक पुरस्कारहरू जित्ने थप अवसर पनि प्राप्त गर्नेछन् :
– मूल्य रु. ५३,९६० बराबरको स्पारनोड फिटनेस होम युज वाकिंग प्याड एण्ड ट्रेडमिल : १ जना विजेतालाई
– मूल्य रु. ३,००० बराबरको फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल् : २ जना विजेतालाई
– मूल्य रु. ५,००० बराबरको स्मार्ट ईलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर : १ जना विजेतालाई
अभियान अवधिभर न्यूनतम रु. १०,००० बराबरको खरिद गरी दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेर सफलतापूर्वक किनमेल पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन् ।
त्यसैगरी, न्यूनतम रु. ५,००० बराबरको खरिद गर्ने ग्राहकहरू “बाई एण्ड विन” योजनामा सहभागी गराइने पनि कम्पनीले जानकारी दिएको छ ।
अविश्वसनीय छुटहरू, अतिरिक्त भुक्तानी लाभहरू, निःशुल्क डेलिभरी तथा रोमाञ्चक पुरस्कारहरूसहित, दराज ६.६ मिड इयर शपिङ फेस्ट यस सिजनको सबैभन्दा ठूलो किनमेल अभियानमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
दराज ग्रुपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ ।
ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।