नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौं २३–२४ गतेको घटना प्रायोजित रहेको बताएका छन् ।
एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भदौ २३-२४ को घटना प्रायोजित रहेको बताउदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेको बताएका हुन् ।
“मेरो घरमा आगो लगाएर खरानी बनाएको छ । अब सम्पत्ति विवरण फारम भर्नुपर्यो अरे,” ओलीले भने, “खरानी उठाएर लैजा सरकार ।”
आफूहरूले निर्वाचन परिणाम भने स्वीकारेको उनको भनाइ छ । "हामीले निर्वाचनको परिणाम स्वीकारेका छौँ । हामी अन्धविश्वासमा होइन आँखा खोलेर सबै चीजहरू हेर्छौं," उनले भने ।
उनले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् ।