नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित, आपराधिक र षड्यन्त्र भएको बताएका छन् । निर्वाचनपछि पहिलोपटक सार्वाजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
"भाद्र २३ र २४ को घाटना पूर्वनियोजित र षडयन्त्र थियो । यो मेरो भनाइ होइन राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार हो,” ओलीले भने, “त्यो षडयन्त्र हाम्राविरुद्ध त थियो नै, देशका विरुद्ध पनि थियो ।”
उनले गत भाद्र २३ र २४ को घटना नेताहरुको घर लोकेट गरेर र आफूहरुविरुद्ध षडयन्त्र भएको दाबी गरे ।