जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि नेपाललाई थप ५.७ अर्ब येन (५.५ अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका थिए ।