नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।
गत २१ फागुनको निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । उनले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उदघाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरे ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।